विभिन्न मागलाई लिएर सिलगढीमा एसएफआई-द्वारा छात्र र्‍यालीको आयोजना

सिलगढी : विभिन्न मागलाई लिएर एसएफआई दार्जिलिङ जिल्ला कमिटीको तर्फबाट सिलगढीमा छात्र र्‍याली निकालिइयो। उक्त र्‍याली सिलगढीको बाघाजतीन पार्कदेखि शुरू गरेर सहरको विभिन्न पथहरूको परिक्रमा गर्यो। शिक्षा प्रतिष्ठान खोलिनुपर्ने, कलेज निर्माणको माग गर्दै एसएफआई दार्जिलिङ जिल्ला कमिटीद्वारा उक्त र्‍यालीको आयोजना गरिएको हो। संगठनका जिल्ला सभापति सागर शर्माले बताएअनुसार दार्जिलिङ जिल्लामा एउटा फार्मेसी कलेजको अभाव रहेको साथै सिलगढीमा आर्टस् कलेजको माग गर्दै उक्त र्‍यालीको आयोजना गरिएको हो। यसको साथै कोरोनाको सबै नियमहरू पालन गर्दै चाँडै स्कुल, कलेजहरू खोलिनुपर्ने आफूहरूको माग रहेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *