विभिन्न मागलाई लिएर तराई चालक संगठन-द्वारा र्‍यालीको आयोजना

सिलगढी : विभिन्न मागलाई लिएर तराई चालक संगठनले आज सिलगढीको डागापुरदेखि दार्जिलिङ मोड़सम्म एउटा र्‍याली निकालेपछि अन्तमा डागापुर ट्रक स्ट्यान्डमा पुगेर एउटा समावेश सभामा परिणत भयो। उक्त सभामा तराई चालक संगठनले विभिन्न मागहरूबारे चालकहरूसित चर्चा परिचर्चा गर्यो। संगठनका सचिव महबुब खानले बताएअनुसार तिनीहरूले मुख्यतः 5 वटा मागलाई लिएर आज एउटा र्‍याली निकाल्नको साथै समावेश सभाको पनि आयोजना गरेको हो। तीमध्ये यात्रीहरूको भाडा मुख्य रहेको छ। हाल पेट्रोल- डीजलको मूल्यमा वृद्धि भएको साथै कोरोना महामारीले गर्दा चालकहरूको समस्यामा परेका छन्। यस्तो परिस्थितिमा पुरानै भाडामा वाहन चलाउन सम्भव नरहेकोले गर्दा सबैभन्दा पहिला यात्रीहरूको भाडामा वृद्धि गरिनुपर्ने तिनले बताए। यसको साथै दार्जिलिङ पहाडमा पुलिस चेकिङको नाममा चालकहरूबाट अवैध वसूली बन्द गरिनुपर्ने, टाइगर हिलमा जानको लागि दार्जिलिङ पुलिस कार्यालयबाट पास लिनुपर्ने भएकोले निक्कै असुविधा हुने गर्दछ। यसैले सिलगढीमा पनि यसको व्यवस्था गरिदिने साथै लकडाउनको समयमा बीमा र ट्याक्स फेल भएको वाहनहरूलाई छुट दिनुपर्ने तिनले बताए। प्रत्येक दिन लगभग 500 देखि 600 वाहन समतलदेखि दार्जलिङ पहाड़ जाने गरेकोले प्रशासनले तिनीहरूको मागलाई ध्यानमा राखेर उचित पहल गरिदिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *