विभिन्न मागलाई लिएर उत्तरबंग डेन्टल कलेजका जुनियर चिकित्सकहरूद्वारा विक्षोभ

सिलगढी : विभिन्न मागलाई लिएर उत्तरबंग डेन्टल कलेजका जुनियर चिकित्सकहरूले आज विक्षोभ प्रदर्शन गरे। डेन्टल कलेजका तृणमूल कङ्ग्रेस संगठनका सदस्य डा. पुष्पेन्दु सरकारले बताएअनुसार कलेज अडिटोरियम तयारी भए तापनि हालसम्म शुरू गरिएको छैन। कलेजको अधिकांश अध्यापक अनुपस्थित रहने गरेको, होस्टेलमा विविध समस्या रहेको, झारजङ्गल अधिक भएकोले डेङ्गु रोग लाग्न सक्ने डर भएको साथै रोगीहरूको चिकित्सा परिसेवा क्षेत्रमा पनि विविध समस्या भइरहेको छ। तथापि, रोगीहरूको उपचारमा कुनै बाधा नदिई आफूहरूको विक्षोभ जारी रहने तिनले बताए। अर्कोतिर, कलेजका प्रिन्सिपल डा. सञ्जय दत्तले बताएअनुसार फन्डमा केही समस्या रहेको छ भने आगामी दिनमा सबै स्वाभाविक हुनेछ। अध्यापकको अनुपस्थिति रहेको विषयमा तिनले कसैको केही समस्या रहे अवश्य नै अनुपस्थित हुनेछ भनी बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *