विभिन्न माग लिएर नगरनिगम कार्यालयमा विरोध प्रदर्शनी

सिलगढी : विधवा भत्ता, वृद्धा भत्तालगायत अन्य विभिन्न मागहरूलाई लिएर आज सिलगढ़ीको वार्ड नम्बर 37-का तृणमूल कांग्रेसले सिलगढी नगरनिगम कार्यालयमा विरोध प्रदर्शनी गऱ्यो। काउन्सिलर रञ्जन शील शर्माको नेतृत्वमा इलाकाका वृद्धाहरूले नगरनिगम कार्यालयअघि विरोध प्रदर्शनी गर्नको साथै मेयर कार्यालय अघि धरनामा बसेको बताइएको छ। उक्त प्रदर्शनीको कारण धेरै समयसम्म मेयर अशोक भट्टाचार्यलाई कार्यालयभित्र नै बस्नुपर्यो।


आफूहरूको माग पुरा नभएसम्म आन्दोलन जारी रहने काउन्सिलर रञ्जन शील शर्माले चेताउनी दिएका छन्। अर्कोतिर, साधारण मानिसहरूको माध्यमद्वारा काउन्सिलर रञ्जन शील शर्माले आफ्नो अस्तित्व बचाइ राख्ने प्रयास गरेको मेयर भट्टाचार्यले बताए। विगत नगरनिगम बोर्डको समयदेखि नै विधवा भत्ता, वृद्धा भत्ता बकैया रहेको साथै वर्तमान नगरनिगम बोर्डले उक्त बकैया भत्ता दिइने प्रयास गरिरहेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *