विभिन्न मागमा एबीभीपी-द्वारा जलपाईगढी जिल्लाशासक कार्यालयमा ज्ञापन

जलपाईगढी : विभिन्न मागलाई लिएर एबीभीपी-को तर्फबाट आज जलपाईगढी जिल्लाशासक कार्यालयमा एउटा ज्ञापन पत्र चढायो। शिक्षा तथा नोकरीको क्षेत्रमा व्यापक भ्रष्टाचार भएको, राज्यमा रोजगारको व्यवस्था, महिला उत्पीडन बन्द गर्नुपर्ने लगायत विविध मागलाई लिएर आज एबीभीपी-को तर्फबाट आज जिल्लाशासकसित भेट गरेर एउटा ज्ञापन पत्र चढाएको बताइएको छ। यस विषयमा एबीभीपीको प्रान्तीय सचिव सुब्रत अधिकारीले भने, विभिन्न मागहरूलाई लिएर आज सबै जिल्लाहरूमा झैँ यता जलपाईगढीमा पनि जिल्ला मजिस्ट्रेट कार्यालयमा एउटा ज्ञापन पत्र चढाएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *