विभिन्न मागमा फुलबारी ट्रक टर्मिनलका कर्मचारीहरूद्वारा धरना प्रदर्शन

राजगञ्ज : विभिन्न मागलाई लिएर फुलबारी ट्रक टर्मिनलका 11 जना कर्मचारीहरूले आज धरना प्रदर्शन गरे। प्रदर्शनकारीहरूको भनाइअनुसार गत 10 वर्षदेखि तिनीहरूले फुलबारी ट्रक टर्मिनलमा काम गर्दै आइरहेका छन् भने तिनीहरूले ट्रकहरूलाई ठिकसँगले पार्क गर्ने र शुल्क जम्मा गर्ने कार्य पनि गर्ने गर्दछन्। केवल 7 हजार रुपियाँ मासिक वेतन पाउने गरेको बताउँदै पीएफ, ईएसआई, बोनस र वेतन वृद्धि लगायत अन्य सुविधाहरूबाट आफूहरू वञ्चित रहेको तिनीहरूले बताए। यसबारे मालिक पक्षलाई बारम्बार अवगत गराए तापनि कुनै पहल नगरेको तिनीहरूको गुनासो रहेको छ। पार्किङ शुल्कको कुनै चार्ट नरहेकोले शुल्क लिनमा पनि निक्कै समस्या हुने गरेकोले प्रबन्धन पक्षले पार्किङ शुल्कको चार्ट ट्रक टर्मिनल अघि झुण्डाएर राख्ने साथै श्रमिकहरूको सुरक्षा सुनिश्चित गर्नको लागि पहल गर्ने तिनीहरूले बताए। यदि मालिक पक्षले आफूहरूको माग पुरा नगरे आन्दोलन जारी रहने तिनीहरूले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *