विभिन्न मागमा उत्तरबंग विश्वविद्यालयअघि डीवाईएफआई तथा एसएफआई-द्वारा विक्षोभ प्रदर्शन

सिलगढी : राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी तथा उत्तरबंग विश्वविद्यालयका वर्तमान उप-कुलपतिले पद त्याग गर्नुपर्ने लगायत विभिन्न मागलाई लिएर आज डीवाईएफआई तथा एसएफआईद्वारा विक्षोभ प्रदर्शन गरियो। उत्तरबंग विश्वविद्यालयको ल मोडबाट विक्षोभ प्रदर्शन शुरू गरेर विभिन्न मागमा उत्तरबंग विश्वविद्यालयमा ज्ञापन पत्र चढाउने संगठनको परियोजना रहे तापनि यसभन्दा अघि पुलिसले बाँधा दिएपछि डीवाईएफआई तथा एसएफआई-का कार्यकर्ता तथा समर्थकहरूले विश्वविद्यालयको 3 नम्बर गेटअघि विक्षोभ प्रदर्शन गरे। उक्त विक्षोभ प्रदर्शन अवधि कुनै प्रकारको अप्रिय घटना नहोस् भन्ने उद्देश्य लिएर विश्वविद्यालय परिसरमा मतिगढा थानाको विशाल पुलिस वाहिनी तैनाथ गरिएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *