विभिन्न मुद्दाहरूलाई लिएर एआईकेएस तथा सीआईटीयु नक्सलबारीद्वारा कालो दिवस पालन

नक्सलबारी : विभिन्न मुद्दालाई लिएर एआईकेएस तथा सीआईटीयु नक्सलबारीको तर्फबाट आज कालो दिवस पालन गर्दै संगठनका कार्यकर्ताहरूले विरोध प्रदर्शन गरे। संगठनका गौतम घोषले बताएअनुसार कृषि कानुनहरूको विरोध लगायत अन्य केही मुद्दाहरूलाई लिएर आज कोरोनाको नियम पालन गर्दै कालो दिवस मनाइयो। केन्द्र सरकारले जनविरोधी कार्यहरू मात्र गरिरहेको तिनले आरोप लगाउँदै भने, कालो दिवसको अवसरमा सबैलाई कोरोनाको टीकाकरण, गरीब परिवारहरूलाई साढ़े सात हजार रुपियाँको भुक्तान लगायत अन्य विविध मुद्दाहरू सरकारसमक्ष माग राखियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *