विभिन्न पार्टी त्यागेर 150 परिवारले जनाए बिमल गुरूङलाई समर्थन

कालेबुङ: गोर्खा जनमुक्ति मोर्चाका संस्थापक अध्यक्ष बिमल गुरुङको प्रमुख उपस्थितिमा आज कालेबुङ जिल्लाको पेम्लिङस्थित 41 नम्बर समष्टिमा पार्टीको सभा सम्पन्न भयो। यस अवसरमा लगभग 150 परिवारले विभिन्न पार्टी त्यागेर बिमल गुरूङलाई समर्थन जनाए। पार्टीमा सामेल हुनेहरूलाई अध्यक्ष बिमल गुरूङले खदा लगाईदिएर आफ्नो पार्टीमा स्वागत जनाए।


आज बिमल खेमामा सामेल हुनेहरूमा भारतीय जनता पार्टी, गोर्खा राष्ट्रीय मुक्ति मोर्चा, गोजमुमो 2 अनि तृणमूल कङ्ग्रेसका समर्थकहरू रहेका छन्। तिनीहरूले पार्टीमा रहेर काम गर्ने वचनवद्धता प्रकट गर्दै पार्टीमा प्रवेश गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *