विभिन्न पार्टी त्यागेर 285 घर भागोप्रमो-मा सामेल

कालेबुङ : कालेबुङको टाउन हलमा आज एउटा कार्यक्रमबीच विभिन्न पार्टी त्यागेर लगभग 285 घर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। पल्देन तामाङ, विक्रम सार्की, अनिल सिकवल अनि गुन्जन तामाङको अगुवाईमा आज गोजमुमो, टीएमसी र भाजपा पार्टी छोडेर लगभग 285 घर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएको हो।


कालेबुङका विधायक तथा भागोप्रमो-का उपाध्यक्ष रूदेन सादा लेप्चा तथा पार्टीका नेतृत्वहरूले ती सामेलहुनेहरूलाई दलीय झण्डा प्रदान गरेर आफ्नो पार्टीमा स्वागत जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *