विभिन्न पार्टी त्यागेर 50 परिवार भाजपामा सामेल

बिजनबारी: बिजनबारीको नयाँ नोर गोक दुई तथा कैजले ग्राम पञ्चायतबाट विभिन्न पार्टी त्यागेर लगभग 50 परिवार भाजपामा सामेल भएका छन्। भारतीय जनता पार्टी बिजनबारी मण्डल कमिटीको आयोजना एउटा सभाबीच विभिन्न पार्टी त्यागेर लगभग 50 परिवार भाजपामा सामेल भएका छन्। राज्य कमिटी सदस्य मनोज देवानले ती सामेलहुनेहरूलाई दलीय झण्डा प्रदान गरेर आफ्नो पार्टीमा स्वागत जनाए। उक्त सभामा बिजनबारी मण्डल कमिटी सचिव गोपाल बुढाथोकी, राज्य कमिटी सदस्य मनोज देवान, जिल्ला महासचिव सावन राई, उपाध्यक्ष एलएम लामा, मण्डल अध्यक्ष बीआर छेत्री, बीएल राई, सरण मोथे, महिला मोर्चा बन्दना छेत्री, सन्ध्या तिवारीलगायत युवा संगठन प्रतिनिधि धिरज राई मुख्य रूपमा उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *