विभिन्न राजनैतिक दल त्यागेर 2 सयजना गोजमुमोमा सामेल

कालेबुङ : हाल गोजमुमो विनय खेमामा अन्य पार्टी छोडेर सामेल हुने क्रम जारी देखिन्छ। यसै क्रममा आज कालेबुङ जिल्लाको विभिन्न ठाउँहरूबाट लगभग 2 सय सदस्यहरूले आफ्नो पार्टी छोडेर गोजमुमो विनय खेमामा सामेल भएका छन्। पार्टी सूत्रले दिएको जानकारीअनुसार कालेबुङ जिल्लाको 42 नम्बर समष्टि अन्तर्गत पर्ने योक, प्रिमताम, समथार काबी र सिञ्जी समालबोङ क्षेत्रका लगभग 2 सय सदस्यहरूले नयाँ सोँच र नयाँ विचारलाई समर्थन जनाउँदै गोजमुमो विनय खेमाको झण्डा समाते। ती पार्टी परिवर्तन गर्नेहरूमा भाजपा, गोरामुमो, गोजमुमो विमल खेमा र जापका समर्थकहरू रहेको बताइएको छ। तिनीहरूलाई गोजमुमो केन्द्रीय समिति सदस्य रूदेन लेप्चाको उपस्थितिमा झण्डा वितरण गर्नको साथै पार्टीमा स्वागत जनाइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *