विभिन्न सांस्कृतिक झाँकीहरूको साथमा सिलगढीमा निकालिइयो फुलपाती शोभायात्रा

सिलगढी : सिलगढी फुलपाती शोभायात्रा समितिको पहलमा तथा भानुभक्त समितिको आयोजनामा विभिन्न सांस्कृतिक झाँकीहरूको साथमा आज सिलगढीमा भव्य रूपमा 31औँ फुलपाती शोभायात्रा निकालिइयो। उक्त शोभायात्रामा विभिन्न ठाउँका संघ-संस्थाहरूले अंश ग्रहण गर्यो। प्रत्येक वर्ष झैँ यस वर्ष पनि आज सप्तमीको दिन सिलगढी फुलपाती शोभायात्रा समितिको पहलमा तथा भानुभक्त समितिको आयोजनामा विभिन्न संघ-संस्थाहरूको उपस्थितिमा सिलगढीको रवी रत्न बालिका विद्यालयको प्राङ्गणबाट नौमती बाजागाजाको साथमा भव्य रूपमा फुलपाती शोभायात्रा निकालिइयो।


विविध झाँकीहरूको साथमा नेपाली समुदायका मानिसहरू आ-आफ्नो भेषभूषामा सजिएर उक्त शोभायात्रामा अंश ग्रहण गरेका थिए। उक्त शोभायात्रा सिलगढीको रवी रत्न बालिका विद्यालयको प्राङ्गणबाट शुरू गरेर सिलगढी सहरको विभिन्न पथहरूको परिक्रमा गरेपछि पुनः उक्त स्कुलमा पुगेर समापन गरियो। यस अवसरमा सिलगढीको रवी रत्न बालिका विद्यालयको प्राङ्गणमा विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *