विभिन्न स्वयम्‌सेवी संगठनद्वारा पटेकाविरुद्ध सिलगढीमा र्‍यालीको आयोजना

सिलगढी : काली पुजा तथा दिपावलीमा सबै प्रकारको पटेका पड्काउनमा हाई कोर्टले निषेधाज्ञा जारी गरेको छ। सिलगढी फाइट कोरोना, हिमालयन नेचर एन्ड एडभेन्चर फाउन्डेसन, माई डक्टर संगठन, सिलगढी मेट्रोपलिटन पुलिस लगायत धेरैवटा स्वयम्‌सेवी संगठनका सदस्यहरू आज पटेकाको विरोध जनाउँदै सिलगढीको सडकमा ओर्लिएका छन्। विभिन्न संगठनका सदस्यहरूले आज सिलगढीको कञ्चनजङ्घा स्टेडियमबाट एउटा र्‍याली निकालेर विभिन्न पथहरूको परिक्रमा गर्दै पटेका मुक्त दिपावली मनाउने सहरवासीलाई सन्देश दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *