विभिन्न ठाउँमा विश्व टीबी दिवस पालन

मिरिक: मिरिक महकुमाको मिरिक खण्ड स्वस्थ्य केन्द्र अनि थर्बु चिया बगानमा विश्व टिबी दिवस पालन गरिएको जानकारी प्राप्त भएको छ। देश लगायत विश्वलाई नै क्षयरोग मुक्त (टीबी रोग) बनाउने उद्देश्य राखेर पालन गरिएको क्षय दिवसको अवसरमा स्वस्थ्य विभागीय कर्मचारीहरुले थर्बु चिया बगानका कर्मचारी एवम् चिया श्रमिकहरुलाई क्षय रोगबारे विस्तृत रूपमा जानकारी गराए। अर्कोतिर, खण्ड स्वस्थ्य केन्द्रमा पनि स्वस्थ्य कर्मचारीहरुले आज टीबी रोगबारे स्थानीय नागरिकहरूलाई सचेत गराए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *