विभिन्न ठाउँमा गएको पैह्रोले राष्ट्रिय राजमार्ग 10 बन्द

सेभोक : गत तीनदिन अघिदेखि लगातार परिरहेको वर्षाको कारण सिक्किमगामी राष्ट्रिय राजमार्ग 10-को विभिन्न ठाउँहरूमा पैह्रो गएर सडक बन्द भएको छ। पीडब्ल्युडी विभागीय अधिकारीले दिएको जानकारीअनुसार सिक्किमको जीवन रेखा मानिने राजमार्ग 10 अन्तर्गत विशेष गरेर 29 माइल, सेभोक काली मन्दिर नजिक, सेती झोडा आदि ठाउँहरूमा पैह्रो गएपछि सडक बन्द भएकोले गर्दा वाहनहरूको चलाचल पूर्ण रूपमा ठप्प बन्न पुगेको छ।


तथापि, पीडब्ल्युडी विभागको तर्फबाट यी कतिपय ठाउँहरूमा पैह्रो सोर्ने काम जेसीबी लगाएर गरिँदैछ। धेरै ठाउँहरूमा सडक माथिबाट पैह्रो झरेर राजमार्गमा नै थुप्रिएको छ भने सेती झोडा नजिकमा आज बिहान पैह्रोले मूल सडककै आधा भाग झरेको छ। यसैले गर्दा राष्ट्रिय राजमार्ग 10 खोल्न अब अझ केही समय लाग्ने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *