विभिन्न ठाउँमा शहीद दिवस पालन

नागरी धजे समष्टिद्वारा शहीद दिवस

सुकेपोखरी: गोर्खा जनमुक्ति मोर्चा नागरी धजे समष्टिद्वारा शहीद दिवसको अवसरमा आज गोर्खाल्याण्ड आन्दोलनका शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गरियो। समष्टि उपाध्यक्ष अमीर गुरूङ, सञ्जय गिरी, सचिव किशोर छेत्री, महेश ओझा, युवा मोर्चाका नविन सुब्बा, श्रमिक सङ्गठनका अरविन्द सुब्बा, महकुमा समितिका योगेन प्रधान, अश्विन स्याङदेन, समष्टि प्रवक्ता कृष्ण पी ठटाल आदिले समष्टि कार्यालयमा शहीदहरूको प्रतिकृति अघि दीप प्रज्ज्वलन गरे। शहीदको सपना निश्चित रूपमा पुरा हुने प्रतिवद्धता जनाउँदै आत्मा शान्तिको निम्ति मौन धारण पनि गरिएको थियो।

मिरिकमा बिमल खेमाद्वारा शहीद दिवस

मिरिक: गोजमुमो बिमल गुरूङ खेमा मिरिकले पनि आज गोर्खाल्याण्ड आन्दोलनमा प्राण गुमाउने शहीदहरूलाई श्रद्धाञ्जलि अर्पण गऱ्यो । यहाँको कृष्ण नगरस्थित शहिद वेदीमा महकुमा अध्यक्ष सुमन राई , मुकुल घिमिरे लगायत युवा मोर्चा , नारी मोर्चा तथा भातृ सङ्गठनका कार्यकर्ताहरूले शहीदहरूलाई स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरे।

च्याँगामा शहीद दिवस पालन

मिरिक : मिरिक महकुमाको च्याँगा पानीघट्टा ग्राम पञ्चायत अन्तर्गत च्याँगामा गोर्खाल्याण्ड आन्दोलनमा शहीद हुने वीर वीराङ्गानाहरूलाई स्मरण गर्दै शहीद दिवस पालन गरियो। यस अवसरमा विभिन्न दलका कार्यकर्ताहरू तथा साधारण मानिसहरूले च्याँगास्थित शहीद वेदीमा दीप प्रज्ज्वलन गर्नको साथै फुल माला चढाएर श्रद्धाञ्जलि अर्पण गरियो।

 पानीघट्टामा शहीद दिवस

पानीघट्टा: आज गोर्खाल्याण्ड आन्दोलनकालमा प्राण गुमाउने शहीदहरूको स्मरणमा प्रत्येक वर्ष 27 जुलाईको दिन पालन गर्दै आइरहेको शहीद दिवस आज पानीघट्टा चियाबारीमा पनि पालन गरियो। यस अवसरमा शहीदहरूलाई स्मरण गर्दै फुल माला चढाएर श्रद्धाञ्जलि अर्पण गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetperabetbetvolemobilbahisjojobetjojobetjojobetkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetjojobetjojobetgrandpashabet1winmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerVDCasinocasibomsekabet girişpusulabet güncel girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişcratosroyalbetholiganbetholiganbet1winbetgitgameofbetcratosroyalbetinterbahisholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelercasibombahiscasinocasinomilyoncasibomgrandpashabetjojobetholiganbetmatbetbetciosekabetjojobetmarsbahismatbetimajbetimajbetteosbetonwin girişsahabet girişDeneme Bonusu Veren SitelergrandpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwooncasibomjojobetjojobetperabetjojobetteosbet Built with ❤︎ by appycodes