विवादबाट जोगिन महानन्दाको रेलिङ भत्काइएको हो : अशोक भट्टाचार्य

सिलगढी: सिलगढी नगरनिगमले छठ पुजालाई ध्यानमा राखेर महाननन्दा नदीको किनारमा रहेको लालमोहन मौलिक निरञ्जन घाटको दुई ठाउँको रेलिङ भत्काइदिएको छ। यसले गर्दा नगरनिगमलाई क्षति भए तापनि विवादबाट बाँच्नको लागि उक्त निर्णय लिएको बताइएको छ। आज पत्रकार सम्मेलनको आयोजना गरेर प्रशासक अशोक भट्टाचार्यले यसबारे जानकारी गराए। तिनले बताएअनुसार यस वर्ष सिलगढीमा 145 वटा घाटमा छठ पुजाको आयोजना गरिने भएको छ। कोलकाता हाईकोर्ट एवम् ग्रीन ट्रिब्युनलको निर्देशलाई ध्यानमा राखेर सिलगढी नगरनिगमले प्रत्येक घाटमा ढाँचागत विकास गरेको तिनले बताए। यसको साथै दुर्गा पुजा एवम् काली पुजामा झैँ छठ पुजामा पनि सहरवासीले पटेका नपड्काई छठ पुजा पालन गर्नेछ भनी तिनले आशा व्यक्त गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *