विवाह गर्ने प्रलोभन देखाएर युवतीसित शारीरिक सम्बन्ध बनाएको आरोपमा शिक्षक पक्राउ

सिलगढी (निसं): विवाह गर्ने प्रलोभन देखाएर एकजना युवतीसित शारीरिक सम्बन्ध बनाएको आरोपमा एनजेपी थाना पुलिसले एकजना शिक्षकलाई पक्राउ गरेको छ। आरोपी शिक्षकको नाम कृष्णकान्त राय बताइएको छ। तिनी राजगञ्जको एउटा हाई स्कूलका शिक्षक हुन्। उक्त शिक्षकले गत 3 सालदेखि एउटी युवतीलाई विवाह गर्ने प्रलोभन देखाएर तिनीसित शारीरिक सम्बन्ध बनाउँदै आइरहेको आरोप रहेको छ। युवतीले विवाह गर्ने कुरा गरेपछि शिक्षक कृष्णकान्त रायले विवाह गर्नका लागि युवतीको परिवारलाई 15 लाख रूपियाँको मांग गरे। तर तिनको मांग अस्वीकार गरेपछि शिक्षकले रजिस्ट्री गरेर अर्कै युवतीसित विवाह गरे। यसपछि उक्त युवतीले एनजेपी थानामा शिक्षक विरूद्ध दुष्कर्म गरेको अभियोग दर्ता गरे। अभियोगको आधारमा पुलिसले शिक्षकलाई पक्राउ गरेको छ। आज पक्रा परेका आरोपीलाई जलपाइगढी अदालतमा पेश गरियो। अर्कोतिर, पक्रा परेका शिक्षकले आफुमाथि लगाएको सबै आरोप झुटो रहेको दावी गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *