विवाहको फोस्रो आश्वासन देखाएर महिलासित शारीरिक सम्बन्ध बनाएको आरोपमा युवक पक्राउ

सिलगढी (निसं) : पहिला प्रेम अनि त्यसपछि विवाह गर्ने प्रलोभन देखाएर प्रेमिकासित थुप्रै पल्ट शारीरिक सम्बन्ध बनाए। यसपछि अर्कै युवतीसित विवाह गर्ने अन्तिम तयारी चलिरहेको थियो। तर प्रेमिकाले महिला थानामा यसबारे अभियोग दर्ता गरेपछि आरोपी युवक ससुराली जानुको बद्ली पुगे जेलमा। उक्त घटना हो सिलगढीको सन्तोषी नगर इलाकाको। भनिन्छ नी, प्रेमको कुनै न त रंग-रूप हुन्छ न त उमेर नै। सिलगढीको यो घटनामा पनि यस्तै भएको देखिन्छ। घटनाक्रम अनुसार सन्तोषी नगर इलाका निवासी 27 वर्षीय मिठून साहनीको उमेरले आफुभन्दा 10 वर्ष ठूलो प्रधान नगर थाना अन्तर्गत दार्जिलिङ मोडमा बस्ने 37 वर्षीय एकजना महिलासित प्रेम सम्बन्ध हुँदछ अनि 27 वर्षीय युवक र 37 वर्षीय महिलाको यस प्रेमले फल्न-फुल्न थाल्दछ। यसपछि मिठून साहनीले उक्त महिलालाई विवाह गर्ने प्रलोभन देखाएर शारीरिक सबन्ध बनाउँदछ।
अर्कोतिर, प्रेमी मिठूनको परिवारले तिनको विवाहको लागि अर्कै युवती हेरिदिए पछि मिठूनले उक्त महिलासित भेट्न छोडेर सम्बन्ध पनि टाढो बनाउन थाल्छन्। अनि यसपछि 37 वर्षीय महिलाले घटनाबारे थाहा पाएपछि आफुलाई विवाहको फोस्रो आश्वासन दिएर यौन सम्बन्धको लागि मात्र प्रेमको नाटक रचेको थाहा पाएपछि उक्त महिलाले मिठून साहनीले आफुमाथि धोका दिएर दुष्कर्म गरेको आरोप लगाउँदै महिला थानामा लिखित अभियोग दर्ता गरेपछि तिनलाई पुलिसले पक्राउ गरेको छ। आज महिला थाना पुलिसले आरोपी मिठून साहनीलाई महिलासित दुष्कर्म गरेको आरोपमा मामिला गर्ता गरेर सिलगढी अदालतमा पेश गऱ्यो। यसको साथै पुलिसले मामिलाको विस्तृत जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *