व्यक्तिको हत्या गरेको आरोपमा छिमेकी पक्राउ

कालचिनी : एकजना व्यक्तिको हत्या गरेको छिमेकीविरुद्ध अभियोग उठेको छ। हाल पुलिसले आरोपी छिमेकी गजब रबीदासलाई पक्राउ गरेको छ। मृतक व्यक्ति श्याम भुइयाको हुन्। उक्त घटनापछि कालचिनी चियाकमान इलाकामा आतङ्क छाएको छ। प्राप्त जानकारीअनुसार हिजो साँझ गजब रबीदासले श्याम भुइयामाथि धारिलो हतियारले प्रहार गर्दा तिनी गम्भीर रूपमा घाइते भए। यसपछि गम्भीर घाइते अवस्थामा तिनलाई अस्पतालमा भर्ना गरेपछि आज उपचार अवधि तिनको मृत्यु भएको बताइएको छ। अभियोगको आधारमा पुलिसले आरोपी गजब रबीदासलाई पक्राउ गर्नको साथै शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाइएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *