व्यक्तिको झुण्डेको अवस्थामा शव उद्धार

सिलगढी : एकजना व्यक्तिको झुण्डेको अवस्थामा शव उद्धार भएको छ। मृतक व्यक्ति मतिगढा पतिरामजोत इलाका निवासी कृष्ण बर्मनको रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार स्थानीय मानिसहरूले बिहिबाह बिहान बाघडुग्रा मोड़ इलाकामा एकजना व्यक्तिको झुण्डेको अवस्थामा शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाएको छ। घटनास्थलबाट पुलिसले एउटा बाइक पनि उद्धार गरेको छ। घटनाको जाँच शुरू गरेक पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *