व्यक्तिलाई होइन तर व्यक्तिको विचारलाई हेरेर मतदान गरिनुहोस्: निरज थापा

दार्जिलिङ : दार्जिलिङ नगरपालिका चुनाउलाई लिएर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा युवा शक्तिका प्रवक्ता निरज थापाले व्यक्तिलाई होइन तर व्यक्तिको विचारलाई हेरेर मतदान गर्ने आग्रह गरेका छन्। तिनले पत्रकारहरूसँग कुराकानी गर्दै हामीलाई होइन तर हाम्रो विचारलाई हेर्नुहोस् भनी बताए। भारतीय गोर्खा प्रजतान्त्रिक मोर्चाको विचार स्वच्छ अनि निष्पक्ष रहेको जनाउँदै यसैको आधारमा यस पल्टको दार्जीलिङ नगरपालिका चुनाउमा नगरवासीले पूर्ण बहुमत दिएर पार्टीका सबै उम्मेद्वारहरूलाई विजयी बनाउने तथा नगरपालिकाको बोर्ड गठन गर्ने तिनले दावी गरे। तिनले चुनावी प्रचारको क्रममा जसरी जनसाधरणबाट माया, स्नेह र समर्थन पाइरहेका छन्, त्यसैको आधारमा पनि भारतीय गोर्खा प्रजतान्त्रिक मोर्चाले दार्जीलिङ नगरपालिका चुनाउमा बोर्ड गठन गर्ने विश्वास व्यक्त गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *