बीके प्रधान स्मृति पुरस्कार युवा स्रष्टा लेखनाथ छेत्रीलाई प्रदान गरिने

दार्जिलिङ : स्व. बीके प्रधानको स्मृतिमा प्रदान गरिने पुरस्कार यसपाली रेलिङ  बिजनबारीका युवा कविआख्यानकार लेखनाथ छेत्रीलाई प्रदान गरिने भएको छ। आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर स्व. बीके प्रधानका पुत्र प्राध्यापक सदीप प्रधानले यसबारे जानकारी गराएका छन्। तिनले बताएअनुसार बीके प्रधान स्मृति पुरस्कार साहित्य, सङ्गीत अनि चित्रकलाको क्षेत्रमा योगदान पुऱ्याउने युवा स्रष्टालाई दिइने गरिन्छ अनि यो पुरस्कार दार्जिलिङको एउटा सामाजिक संस्था मुख बन्द काम सुरू ट्रस्टको माध्यमबाट दिइने गरिन्छ। उक्त पुरस्कार आगामी 15 अप्रेल 2022 को दिन दार्जिलिङको घुम भञ्ज्याङको सार्वजनिक भवनमा एउटा कार्यक्रममा प्रदान गरिने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *