ब्लेडद्वारा छात्रामाथि प्रहार गरेको युवकविरुद्ध आरोप

मालदा : इभटिजिङको प्रतिवाद गर्दा एउटी छात्रालाई ब्लेडले प्रहार गरेको युवकविरुद्ध अभियोग उठेको छ। उक्त घटना मालदाको चाचल थाना अन्तर्गत पर्ने तरलतला इलाकामा घटेको हो। प्राप्त जानकारीअनुसार आज बिहान घरबाट ट्युसनको लागि गइरहेको समय सडकमा मामुन अली नाम गरेको युवकले तिनको हात तानेपछि छात्राले यसको विरोध गर्दा उक्त युवकले ब्लेडले तिनको गालामा प्रहार गरेको बताइएको छ। घाइते अवस्थामा तिनलाई चाचल सुपर स्पेसिलिटी अस्पतालमा भर्ना गर्नको साथै पीडित परिवारले उक्त युवक विरुद्ध थानामा लिखित अभियोग दर्ता गरेको छ। घटनापछि युवकले सुइँकुच्चा ठोकेको छ भने पुलिसले घटनाको जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *