बीएमओएच डा. टाँशी लामाको अपील

मिरिक: कोरोनाको तेस्रो लहर अन्तर्गत सिलगढीमा संक्रमित मानिसहरूको संख्या बढ्दै गइरहेकोले गर्दा यता मिरिकमा स्वास्थ्य विभाग साथै अन्य सम्बन्धित विभागहरू सतर्क बनेको छ। कोरोना संक्रमणबाट मिरिकवासीलाई सुरक्षित राख्न हाल विभागले जनमानसलाई यसबारे सतर्क गराउने कार्य गरिरहेको छ। मिरिक खण्ड प्राथमिक स्वास्थ्य केन्द्रका बीएमओएच डा. टाँशी लामाले पत्रकारहरूसितको कुराकानीमा हालसम्म मिरिकमा एकैजना पनि कोरोना पोजेटिभ नभेटिएको जानकारी गराएका छन्। मिरिकमा हालसम्म कुनै कोरोना सङ्क्रमित नभेटिए तापनि सिलगढीमा कोरोनाको संक्रमण देखा परेकोले मिरिकमा पनि भित्रिने धेरै सम्भावना रहेको कारण मिरिकवासीले धेरै सतर्कता अप्नाउनु पर्ने तिनले बताए। सिलगढी अथवा अन्य ठाँउबाट कसै पनि आएको खण्डमा परीक्षण गराएर आफु लगायत परिवार अनि गाउँ समाजलाई सुरक्षित राख्ने अनुरोध गर्दै तिनले मानिसहरूले तीनवटा कुरा क्रमैले माक्स लगाउने, हात धुने र भौतिक दुरी बनाइ राख्ने कुराको पालन गरे कोरोना संक्रमणबाट बाँच्न सकिने बताए। यदि कसैलाई आफु कोरोना संक्रमण भएको आंशका भए, जाँच गराएर एकजना सभ्य जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्ने आव्हान गरेका छन्। तिनले मिरिकमा 15 देखि 18 वर्ष पुगेकाहरूलाई को-भ्याक्सिन लगाइने कार्य जारी रहेको जानकारी गराए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *