बोर्ड परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरूलाई सुकेपोखरीमा सम्मान

सुकेपोखरी : आस्था सामाजिक संस्थाको पहलमा रंगबुल धोतरिया शान्ति ग्राम समाज भवनमा चियाबारीको स्थापना दिवस पालन गरियो। यस अवसरमा वर्ष 2020-को माध्यमिक तथा आईसीएसई परीक्षामा 50 प्रतिशतभन्दा अधिक अङ्क ल्याएर उतीर्ण भएका विद्यार्थीहरू क्रमैले रक्षा प्रधान होली क्रस उच्चतर माध्यमिक विद्यालय सोनादा, मिली तामाङ धोतरिया माध्यमिक विद्यालय, आयुष राई ग्रीन हिल विद्यालय सोनादा, आर्यत्न राई ग्रीन हिल विद्यालय सोनादा आदिलाई सम्वर्द्धना जनाइयो। संस्थाका सभापति उत्तम राई, सचिव  निमा फेन्च्वक लामा तथा अन्यको उपस्थितिमा सम्पन्न कार्यक्रमका सभापति जेपी राई थिए भने प्रमुख अतिथि पूर्व प्रधानाध्यपक धोतरिया उच्च माध्यामिक विद्यालयका दीपक प्रधान थिए। आरबी राणा, कुमार चामलिङ, इन्दु राई, रञ्जिता राई आदिको पनि विशेष उपस्थिति रहेको थियो। सन् 2010-मा स्थापित यस संस्थाले धोरतिया उच्च माध्यामिक विद्यालयका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्नको साथै डान्स अनि स्पोर्टसमा प्रोत्साहन दिँदै आइरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *