बोर्ड परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरूलाई सुकेपोखरीमा सम्मान

सुकेपोखरी : नागरी फार्म उच्चतर माध्यमिक विद्यालयमा सम्वर्द्धना एवम् सम्मान कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा यस वर्षको माध्यमिक तथा उच्च माध्यमिक परीक्षामा उत्कृष्ट अङ्क ल्याएर अब्बल दर्जामा उतीर्ण गर्ने 19 जना मेधावी विद्यार्थीलाई सम्वर्द्धना जनाइयो। यसको साथै शिक्षक सम्मान कार्यक्रम अन्तर्गत लामो समयदेखि शिक्षण पेशामा सङ्लग्न रहेका सह शिक्षक गणेश गिरीलाई पनि सम्मान गरियो।  सह शिक्षक किशन प्रधान र सुकबहादुर राईले संयुक्त रूपमा सञ्चालन गरेको कार्यक्रममा स्वागत वक्तव्य सह शिक्षक सन्देश थापाले राखे। स्टाफ काउन्सिल सचिव गोविन्द थिपा, सन्तराज मङ्ग्रान्ती, गणेश गिरी, सलिम मुखिया तथा विद्यार्थीको पक्षबाट अमिशा राईले कार्यक्रमलाई सम्बोधन गरेकी थिइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *