बोर्ड परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरूलाई सम्मान

बिजनबारी : विगत वर्षहरूमा झैं यस वर्ष पनि लोवर चुङथुङ चियाबारी टाइगर हिल क्लबको आयोजनामा वर्ष 2020-को आईसीएसई, माध्यामिक अनि उच्चत्तर माध्यामिक परीक्षामा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण भएका मोठ 13 जना विद्यार्थीहरूलाई पारितोषिक पुरस्कारद्वारा सम्मान जनाइयो।


यस वर्ष लकडाउन र सामाजिक दूरीलाई पालन गर्दै साधारण रूपमा कार्यक्रमको आयोजना गरेर विद्यार्थीहरूलाई सम्मान गरिएको क्लबका सभापति जेके घिसिङले बताए।  यस अवसरमा अभिभावकको रूपमा बीबी घिसिङ, शरण गुरूङ, रनमान घिसिङ, शरद घिसिङ, मदन घिसिङ आदि उपस्थित थिए|


Leave a Reply

Your email address will not be published. Required fields are marked *