बडी बिल्डिङ्ग प्रतियोगितामा गोपाल दासले जिते ‘मिस्टर सिलगढी’-को उपाधि

सिलगढी (निसं): सिलगढीको शान्तिपाड़ा निवासी गोपाल दास मिस्टर सिलगढी’-को खिताब जित्न सफल भएका छन्। गत 9 जनवरीको दिन सिलगढीको चम्पासरीमा आयोजित मिस्टर सिलगढी बडीबिल्डिङ्ग प्रतियोगितामा तिनले उक्त उपाधि हासिल गरेका हुन्। तिनले उक्त उपाधि जित्नको लागि नियमित दिनहुँ 4 घण्टासम्म परिश्रम गर्दै आइरहेको थिए। तिनले मिस्टर इण्डिया-को उपाधि विजेता मनोज दाससित प्रशिक्षण लिइरहेका थिए। गोपाल दासले बताए अनुसार यसभन्दा अघि तिनले जयगाँवमा आयोजित मिस्टर फ्लेक्स प्रतियोगितामा स्वर्ण पदक जितेका थिए। लक्ष्य कठिन भए तापनि भविष्यमा मिस्टर इण्डिया-को उपाधि जितेर नाम उच्च गर्ने तिनको ठूलो सपना रहेको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *