बोइलर कुखुराको फार्ममा बिजलीको करेन्ट लागेर गृहिणीको मृत्यु

राजगञ्ज: बोइलर कुखुराको फार्ममा बिजलीको करेन्टले झट्का लाग्दा 22 वर्षीय गृहिणी जबा रायको मृत्यु भएको छ। उक्त घटना आज बिहान फुलबारी 2 नम्बर ग्राम पञ्चायत इलाका भएको हो। स्थानीय सूत्र अनुसार फुलबारीको छुट नावापाड़ाको प्रशान्त रायले आफ्नो बोइलरको कुखुरा फार्मलाई बिजलीको तारले घेरेर राखेको थियो। आज बिहान प्रशान्तकी पत्नी जबा जरूरी कामले गर्दा उक्त फार्ममा जाँदा बिजलीको तारमा स्पर्श भएपछि तिनलाई जोडले झट्का लाग्यो। त्यसपछि तिनलाई तत्कालै फुलबारीको एउटा निजी अस्पतालमा लगिए तापनि त्यहाँ चिकित्सकले मृत घोषित गरिदिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *