बम झैँ देखिने संदिग्ध गोलाकार वस्तुको जाँच रिपोर्ट आएपछि पुलिसले कार्वाही गर्नेछ : कमिश्नर गौरव शर्मा

सिलगढी : सिलगढी मेट्रोपलिटनको एनजेपी थाना अन्तर्गत आईओसी इलाकामा गत 18 दिसम्बरमा भेट्टाइएको बम झैँ देखिने सेतो गोलाकार संदिग्ध वस्तुको हालसम्म रहस्योत्घाटन हुन सकेको छैन।  सीआईडी बम स्क्वायडको टीमले घटनास्थलबाट उद्धार गरेर जुन गोलाकार वस्तुलाई नौकाघाट नदी किनारमा निष्क्रिय गरेको थियो के त्यो विस्फोटक थियो? भन्ने प्रश्नको जवाब सिलगढीवासीले जान्न चाहेको छ। स्मरण रहोस्, गत 18 दिसम्बरमा एनजेपी थाना अन्तर्गत आईओसी रोड इलाकामा बम झैँ देखिने एउटा संदिग्ध सेतो गोलाकार वस्तु भेट्टाएपछि इलाकामा सनसनी मच्चिएको थियो। अर्कोतिर, यस सम्बन्धमा कमिश्नर गौरव शर्माले भने, उक्त बम झैँ देखिने वस्तुलाई सीआईडी बम स्क्वायडको टीमले सुरक्षित स्थानमा लगेर निष्क्रिय गरिदिएको छ। सीआईडीको टीमले उक्त वस्तुको केही नमुना पनि संग्रह गरेर जाँच गरिरहेकोले यसको रिपोर्ट आउनसाथ पुलिसले कार्वाही शुरू गर्ने तिनले बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *