बोनसबारे दलसिंहपाडा चियाकमानका श्रमिकहरूद्वारा विरोध प्रदर्शन

कालचिनी: कालचिनी ब्लकको दलसिंहपाडा चियाकमानमा बोनसलाई लिएर श्रमिकहरूले विरोध प्रदर्शन गरे। दलसिंहपाडा चियाकमान कर्तृपक्षले यस वर्ष 8.33 प्रतिशतको दरले पुजा बोनस दिनेबारे नोटिस टाँसेपछि चियाश्रमिकहरू आक्रोशित बनेका छन्। यसपछि 8.33 प्रतिशतको दरले बोनस लिन अस्वीकार गर्दै चियाश्रमिकहरूले आज बिहानैदेखि कमानको फ्याक्ट्री गेट अघि विरोध प्रदर्शन गरे। यसैले आज बिहानैदेखि कमानमा काम बन्द रहेको छ। विक्षोभकारी श्रमिकहरूले बताएअनुसार गत वर्ष तिनीहरूलाई 15 प्रतिशतको दरले पुजा बोनस दिएको थियो। तर यस वर्ष मालिक पक्षले 8.33 प्रतिशतको दरले बोनस दिनेबारे नोटिस टाँसेको छ। यसैले गर्दा आफूहरू 8.33 प्रतिशतको दरले बोनस थाप्दैनौँ भन्दै आज फ्याक्ट्रीको गेटअघि विरोध प्रदर्शन गरेका हौँ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *