बोनसबारे सभा शुरु गर्न तराई डुवर्स र पहाड़का चियाबारीहरूलाई पत्राचार : जोइन्ट फोरम

खरसाङ : चियाबारी श्रमिकहरूको यसपालीको बोनस विषयमा सभा शुरु गर्नलाई सम्पूर्ण तराई डुवर्स र पहाड़का चियाबारीहरूलाई आज चिट्ठी दिएको पूर्व राज्यसभा सांसद एंव जोइन्ट फोरमको नेता समन पाठकले आज खरसाङमा पत्रकारहरूलाई बताएका छन्। तिनले यसपालीको बोनस विषय लिएर सीसीपीए-ले 15 सेप्टेम्बरको दिन भर्च्युयल मिटिङ बोलाएको बताउँदै हामी पनि पहाड़का डीटीए र आईटीए-ले झट्टै मिटिङ बोलाउनुपर्छ भनी माग गर्दछौं भनी बताएका छन्। तिनले गत वर्ष सातवटा सभा गर्दा पनि असफल भएको जनाउँदै यसपाली यस्तो नहोस् भनेर यसपाली बोनसको लागि सभा झट्टै बोलाएको होस् भनी माग पनि गरेका छन्। पाठकले यसपाली कोविडको महामारीको समय पनि जोखिम उठाएर भएपनि उत्पादनमा कमी आउन दिएन र यस्तो परिस्थितिमा पनि श्रमिकहरूले गरेको कार्यको रेकर्ड पाउनु पर्छ र यो श्रमिकहरूका अधिकार पनि हो भनी बताए। तिनले बोनसको लागि हामी सम्पूर्ण ट्रेड युनियन संयुक्त रुपमा लड़ाई गर्ने बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *