बोनसको माग गर्दै सौरेनी मेची डिभिजनको कमानमा गेट मिटिङ

मिरिक (निसं) गोर्खा राष्ट्रिय मुक्ति मोर्चा सौरेनी पानीघट्टा समष्टि अनि एचपीडब्ल्युयु-ले टीका राणाको अध्यक्षतामा आज मंगलबार मिरिक सौरेनी मेची डिभिजनको चियाकारखाना परिसरमा चिया श्रमिकहरूको उपस्थितिमा आज गेटसभाको आयोजना गऱ्यो।


पार्टीका प्रचार सचिव एनबी लिम्बूले आजको गेट सभामा उपस्थित श्रमिकहरूले यसपाली 20 प्रतिशतको दरले चिया श्रमिकहरूलाई एक किस्तामा पुजा बोनस वितरण गरिनु पर्ने माग गरिएको जानकारी गराए। गेट सभालाई एचपीडब्लुयू समष्टि उपाध्यक्ष शितल खवास,टीका राणा आदिले सम्बोधन गर्दै चिया श्रमिकहरूलाई कमानका मालिकहरूले दशै अघि नै एक किस्तामा 20 प्रतिशतको दरले बोनस वितरण गर्नु पर्ने कुरोमा जोड दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *