बोनसको मागमा मिरिकको शान्ति जुलूसमा सहभागिता जनाइदिने चिया श्रमिकहरूलाई अनुरोध

मिरिक (निसं): मिरिक चिया श्रमिक सुरक्षा समितिका प्रवक्ता राजीव राईले मिरिकमा प्रेस भेलाको आयोजना गरेर भोली बुधवार बिहान 10 बजे आफ्नो हक र अधिकारको लागि मिरिक खण्ड प्राथमिक स्वास्थ केन्द्र परिसरमा भेला भइदिने मिरिक महकुमाका सबै चिया कमानका श्रमिकहरूलाई अनुरोध गरेका छन्। तिनले चिया श्रमिक सुरक्षा समितिले मिरिकमा बुधबार एक किस्तामा 20 प्रतिशतको दरले बोनस वितरण गरिनु पर्ने मागमा एउटा शान्ति जुलुस निकाल्नको साथै मिरिक सुपर मार्केटमा सभा गर्ने निधो गरेको बताए। जुलुस अनि सभाको लागि प्रशासनिक अधिकारीहरूबाट लिखित रूपमा आफुहरूले अनुमति पनि प्राप्त गरिसकेको तिनले जानकारी गराउँदै बुधबार चिया श्रमिकहरू सडकमा उत्रिएर शान्ति श्रृङखला कायम राखेर आफ्नो आवाजलाई बुलन्द गरिदिने अपिल गरेका छन्। दसै पर्व संघारमा छ तर हरियो सुन टिप्ने चिया श्रमिकहरूको भावनासित कमानका मालिकहरूले खेलवाड गरिरहेको तिनले बताए। तिनले अझ भने, हामी एक अराजनैतिक संस्था हौ। यसैले चिया श्रमिकहरूको हक र अधिकारको लागि लडेका हौ। अब चिया श्रमिकहरू पनि आफ्नो हक र अधिकारको लागि अघि आउनपर्छ। सबै चिया श्रमिकहरूलाई आफ्नो हक र अधिकारको लागि बुधबार भेला भइदिने तिनले आव्हान गर्दै मिरिकका जनतालाई पनि श्रमिकहरूको हितमा गरेको कार्यलाई सहयोग गरेर सफल बनाइदिने अनुरोध गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *