बीपीसीएल-द्वारा  ग्राहकहरूको निम्ति ‘यु फिल’ परिसेवा लन्च

सिलगढी : नवरात्रिको पहिलो दिन भारत पेट्रोलियम कर्पोरेशन लिमिटेड (बीपीसीएल)-ले ग्राहकहरूको समय बचाउने उद्देश्य लिएर देशको विभिन्न ठाउँहरू लगायत सिलगढीमा पनि नयाँ परिसेवा  यु फिल’  शुरू गरेको छ। दार्जिलिङ जिल्ला अन्तर्गत मतिगढास्थित आराध्या पेट्रोल पम्पमा उक्त एप लन्च गरियो। यस अवसरमा बीपीसीएलका अधिकारीहरू उपस्थित थिए। उक्त नयाँ एप मार्फत् ग्राहकहरूले अब कुनै पनि ठाउँमा अनलाइन पेमेन्ट ब्याङ्कको माध्यमद्वारा पेट्रोल तथा डिजलको ट्रान्जेक्सन गर्न सक्नेछन्। यसको साथै भारत पेट्रोलियमको यस एप मार्फत् ग्राहकहरूले भारत पेट्रोलियमको कुनै पनि पेट्रोल पम्पबाट ईन्धन लिनसक्नेछन्। उक्त यु फिल परिसेवा मार्फत् वाहन चालक तथा अन्य ग्राहकहरूको समय वचत हुने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *