ब्राजील प्यारालम्पिकमा सिलगढीका दुईजना दिव्याङ्ग खेलाडीले अंश ग्रहण गर्ने, पुलिस कमिश्नरद्वारा तिनीहरूलाई सम्मानित

सिलगढी: ब्राजीलमा हुने प्यारालम्पिक प्रतियोगितामा सिलगढीका दुईजना दिव्याङ् खेलाडी शरण दास र प्रियम च्याटर्जीले अंश ग्रहण गर्ने भएका छन्। दुवै जनालाई बंग रत्न तथा पूर्व राष्ट्रीय टेबल टेनिस खेलाड़ी भारती घोषले प्रशिक्षण दिएका छन्। कोच भारती घोषले यी दुईजना खेलाडीले ब्राजील प्यारालम्पिकमा पदक जितेर सिलगढी साथै देशकै नाम उज्जवल गर्ने दावी गरेकी छन्। प्यारालम्पिकमा अंश ग्रहण गर्नको लागि ब्राजील जान अघि आज सिलगढी पुलिस कमिश्नर गौरव शर्माले प्रियम च्याटर्जी र शरण दासलाई पुलिस कमिश्नरेटमा बोलाएर सम्मानित गरे। यस अवसरमा कमिश्नर गौरव शर्माले ती दुवै जनालाई सफलताको निम्ति अग्रिम शुभकामना पनि दिए। कोच भारतीय घोषले बताए अनुसार यी दुवैजना खेलाडीले बोल्न तथा सुन्न सक्दैनन्। यी दुवैजना सिलगडीका खेलाडीले ब्राजीलमा हुने प्यारालम्पिक टेबल टेनिस प्रतिस्पर्धामा भारतको नेतृत्व गर्नेछन्। स्मरण रहोस, ब्राजीलमा हुने प्यारालम्पिकमा खेल्न जान अघि तिनीहरूलाई दिल्लीमा एक महिनाको प्रशिक्षण गराइने छ। यसैले आगामी 25 मार्चको दिन प्रियम र शरण दिल्ली जाने भएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *