ब्राजिल प्यारालम्पिकमा तराई तारापद आदर्श विद्यालयका दुईजना छात्रले भारतको प्रतिनिधित्व गर्ने

सिलगढी : ब्राजिल प्यारालम्पिक 2022 (दिव्याङ्ग)-मा सीनियर वर्ग टेबल टेनिसमा सिलगढीको तराई तारापद आदर्श विद्यालयका दुईजना छात्रले भारतको प्रतिनिधित्व गर्ने भएको छ। ती दुई छात्रहरूमध्ये प्रियम चक्रवर्ती सिलगढीको देशबन्धुपाडा निवासी र स्वरन दास दक्षिण भारतनगरको देवाशीष कोलनी निवासी हुन्। ती दुई छात्रको सानैदेखि टेबल टेनिस खेलप्रति रुचि रहेको साथै तिनीहरू दुवैले यस वर्ष माध्यमिक परीक्ष दिएका छन्। आगामी 1 अप्रेलदेखि ब्राजिलमा आयोजित गरिने प्यारालम्पिक 2022-मा ती दुई विद्यार्थीले अंश ग्रहण गर्ने भएका छन्। तारापद आदर्श विद्यालयको तर्फबाट आज ती दुई विद्यार्थीलाई सम्मान जनाइयो। यस अवसरमा स्कुलका सबै शिक्षक-शिक्षिकाहरू उपस्थित थिए। ती दुई विद्यार्थीले ब्राजिल प्यारालम्पिक 2022-मा अंश ग्रहण गर्ने भएकोले स्कुल कर्तृपक्षले निक्कै गर्व अनुभव गर्दै ती दुई विद्यार्थीको मनोबल बढाउने उद्देश्य लिएर आज एउटा कार्यक्रमको आयोजना गरेर तिनीहरूलाई सम्मान जनाइएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *