ब्राइट स्पोर्टिङ क्लब एघारौँ सहिद गोल्ड कपको सेमिफाइनलमा प्रवेश

खरसाङ (निसं): बेलबारी एफसी नेपाललाई हराउँदै ब्राइट स्पोर्टिङ क्लब खरसाङमा सम्पन्न भइरहेको एघारौँ सहिद गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ। खरसाङको चानबारी खेल मैदानमा ब्राइट स्पोर्टिङ क्लब बनाम बेलबारी एफसी नेपालमाझ खेल सम्पन्न भएको थियो। यस क्वार्टर फाइनल खेलको पहिलो हाफमा खेल गोलरहित बराबारीमा रहेको थियो। दोस्रो हाफको 12 औँ मिनटमा ब्राइट स्पोर्टिङ क्लबको जर्सी नम्बर 3 दावा लामाले सुन्दर गोल गरेका थिए। यहीँ गोल नै अन्त्यमा गएर निर्णायक साबित भयो। एक गोल खाएर बेलबारी नेपालले पनि पुरा गोल गर्ने प्रयास गरेको थियो।


दुवै टिमबाट लगातार रूपमा आक्रमण गरिरहे तापनि गोल हुन सकेन अनि अन्त्यमा ब्राइट स्पोर्टिङ क्लबले 1-0 को अन्तरले बेलबारी एफसी नेपालालाई पराजित गर्दै एघारौँ सहिद गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ। यस म्याचमा गोलकर्ता गर्ने ब्राइट स्पोर्टिङ क्लबको जर्सी नम्बर 3 खेलाडी दावा लामा म्यान अफ् द म्याच चयन भएका छन्। अब एघारौँ सहिद गोल्ड कपको पहिलो सेमिफाइनल खेल आगामी 28 जनवरीको दिन खरसाङको चानबारी खेल मैदानमा केएफसी सिलगढी बनाम ईष्ट बेङ्गाल रायगञ्जमाझ सम्पन्न हुने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *