ब्रिटिसकालीन बालुवाबाँसको झोलुङ्गे पुल जीर्ण अवस्थामा

बिजनबारी : दार्जिलिङ जिल्लाको सोम, सिङताम अनि चुङथुङ चियाबारीको फेदमा अवस्थित ब्रिटिसकालीन बालुवाबाँस झोलुङ्गे पुल अहिले अति नै जीर्ण र सोँचनीय मात्र नभएर जोखिमपूर्ण अवस्थामा पुगेको छ। यस क्षेत्रको जीवनरेखा मानिने यो झोलुङ्गे पुल विगत 2013-मा मरमति गरिएको थियो भने अहिले यो पुलको अवस्था एकदमै जोखिमपूर्ण बन्न पुगेको स्थानीय मानिसहरू बताउँछन्। गत 2019 को जुलाई महिनामा उत्तर बंग विकास परिषदका चेयरम्यान अमरसिंह राईले यस पुलको भ्रमण र निरीक्षण गरेपछि चाँड़ै नै यसको जीर्णोद्धार गरिदिने स्थानीय मानिसहरूलाई आश्वासन दिए तापनि सो आजसम्म पूरा नभएकोबारे गाउँलेहरूले दुखेसो पोखेका छन्। स्थानीय मानिसहरूले बताए अऩुसार यदि यस पुलको चाँडै मरमति नगरे कुनै पनि समय ठूलो दुर्घटना हुन सक्ने सम्भावना रहेको छ। यसैले गर्दा तिनीहरूले अब चाँडै यस झोलुङ्गे पुलको मरमति गरिदिने सम्बन्धित निकाय समक्ष माग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *