ब्राउन सुगर र कफ सिरपसहित दुईजना पक्राउ

खोरीबारी : खोरीबारी थाना अन्तर्गत पानीट्याङ्की पुलिसले भारत-नेपाल सीमा नजिक पानीट्याङ्कीको गौरसिंह जोतमा अभियान चलाएर ब्राउन सुगर र कफ सिरपसहित दुईजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू क्रमैले दीपक दास र उज्जल महन्तो सामेल छन्। प्राप्त जानकारी अनुसार गोप्य सूचनाको आधारमा पुलिसले भारत-नेपाल सीमा पानीट्याङ्कीको गौरसिंह जोतमा अभियान चलाएर 60 ग्राम ब्राउन सुगर र 50 बोतल कफ सिरपसहित दुईजना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। पक्रा परेका दुईजना व्यक्तिविरुद्ध खोरीबारी थानामा  मामिला दर्ता गरेर आज सिलगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *