ब्राउन सुगरसहित दुई जना ड्रग्स पेडलर पक्राउ

सिलगढी: स्पेशल अपरेशन ग्रुप (एसओजी) को टीमले मतिगढा पुलिस थानाको सहयोगमा दुईजना ड्रग्स पेडलरलाई ब्राउन सुगर सहित विस्वास कोलोनीबाट पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा उत्तर दिनाजपुरका खैबुल एमडी (31) र सिलगढी मतिगढाका बापी सिंघो (20) को रूपमा चिन्हित गरिएको छ। पुलिसले पक्रा परेका आरोपीहरूबाट 260 ग्राम ब्राउन सुगर र 22 बोतल कफ सिरप उद्धार गरेको छ। एसओजी सूत्रले दिएको जानकारी अनुसार गोप्य सूचनाको आधारमा गत राति मतिगढा पुलिसको सहयोगमा विश्वास कोलोनीबाट एसओजी-ले ड्रग्स क्रेताको रूपमा गएर ब्राउन सुगर र कफ सिरपसँगै दुइ जना ड्रग्स पेडलरलाई पक्राउ गरिएको हो। दुवैलाई एनडीपीएस एक्ट अनुसार मामिला दर्ता गरेर आज सिलगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *