ब्राउन सुगर सहित 2 जना पक्राउ

खोरीबारी : ब्राउन सुगर सहित 2 जना नेपालका नागरिकलाई पक्राउ गरेको छ। पक्रा परेकामा प्रवीण माझी (21), गङ्गा प्रसाद मगर (21) सामेल छन्।खोरीबारी थाना अन्तर्गत पानीट्याङ्की आउटपोस्ट पुलिसले खोरीबारीको भारत-नेपाल सिमाना नजिक पानीट्याङ्कीको न्यु मेची मार्केटमा अभियान चलाएर 205 ग्राम ब्राउन सुगर सहित 2 जना नेपालका नागरिकलाई पक्राउ गरेको छ। गोप्य सूचनाको आधारमा पुलिसले अभियान चलाएर नेपाल नम्बर भएको एउटा स्कुटीलाई रोकेर छानबीन गर्दा 205 ग्राम ब्राउन सुगर, नेपालको 9 हजार रुपियाँ उद्धार गरेको बताइएको छ। पक्रा परेका 2 जना युवकलाई भोलि सोमबार सिलगढी अदालतमा पेश गरिनेछ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *