ब्राउन सुगरसहित कलेजका दुई विद्यार्थी पक्राउ

मालदा : ब्राउन सुगर बिक्री गर्ने गरेको आरोपमा दुईजना कलेजका विद्यार्थीलाई इङ्ग्रेज बजार थाना पुलिसले पक्राउ गरेपछि आज मालदा जिल्ला अदालतमा पेश गर्यो। पक्रा परेका दुईजना मध्ये एकजना कलेजका युवती रिङ्की सिंह हुन् भने अर्कोलाई राजु मण्डलको रूपमा चिन्हित गरिएको छ।


प्राप्त जानकारीअनुसार गोप्य सूचनाको आधारमा इङ्ग्रेज थाना पुलिसले आइतबार साँझ मालदाको कानीमोड इलाकामा अभियान चलाएर ब्राउन सुगरसहित दुईजना कलेजका विद्यार्थीलाई पक्राउ गरेको हो। पक्रा परेका विद्यार्थीबाट 5 सय ग्राम ब्राउन सुगर, दुईवटा मोबाइल र 2 हजार नगद रुपियाँ उद्धार गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *