ब्राउन सुगरसहित दुईजना युवक पक्राउ

जयगाँउ : भारत-भूटान सीमान्त जयगाँउ थाना अन्तर्गत नेशनल हाईवे-मा नाका चेकिङ अवधि पुलिसले ब्राउन सुगरसहित  दुईजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्तिहरू राजू इस्लाम र सुमन थापाको रूपमा चिन्हित भएको छ। पक्रा परेका दुवै आरोपीलाई आज अलीपुरद्वार अदालतमा पेश गरियो। जयगाँउ थाना प्रभारी दीपङ्कर शाहले बताए अनुसार गोप्य सूत्रको आधारमा नेशनल हाईवेमा नाका चेकिङ अवधि एउटा वाहनको डिक्कीबाट 15 सय ग्राम ब्राउन सुगर उद्धार गरिएको छ भने यस घटनामा दुईजना युवकलाई पक्राउ गरिएको छ। उक्त जफत गरिएको ब्राउन सुगरको अनुमानित बजार मूल्य 10 लाख रुपियाँ रहेको बताइएको छ। यसको साथै वाहनबाट धेरै मात्रामा सिगरेट अनि सिल्भर फोयल पेपर पनि जफत गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *