ब्राउन सुगरसहित लोग्ने-स्वास्नी पक्राउ

सिलगढी : गोप्य सूचनाको आधारमा मतिगढा थाना पुलिसले अभियान चलाएर 285 ग्राम ब्राउन सुगरसहित लोग्ने-स्वास्नीलाई पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार मतिगढा थाना पुलिसले हिजो राति दुई दम्पति बाइकमा सवार भएर ब्राउन सुगर बिक्री गर्ने उद्देश्यले गइरहेको गोप्य सुँइको पाएपछि पुलिसले सादा पोसाकमा मतिगढा थाना अन्तर्गत बार्साना होटल नजिकमा अभियान चलाएर मोहम्मद बसीरूद्दीन र तिनकी स्वास्नी मणिलाई पक्राउ गरे। यसपछि पुलिसले छानबीन गर्दा तिनीहरूबाट 285 ग्राम ब्राउन सुगर उद्धार गरेको बताइएको छ। जफत गरेको ब्राउन सुगरको अनुमानित बजार मूल्य 3 लाख रुपियाँ रहेको छ। आरोपी दुई दम्पतिलाई आज सिलगढी अदालतमा पेश गरेपछि मोहम्मद बसीरूद्दीनलाई 10 दिनको पुलिस हिरासतमा अनि तिनकी स्वास्नी मणिलाई जेल हिरासतमा राख्ने निर्देश दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *