ब्राउन सुगर सहित एकजना युवक पक्राउ

नक्सलबारी: नक्सलबारी थाना पुलिसले अभियान चलाएर ब्राउन सुगर सहित एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपी बिमल घोष उर्फ लालू हुन्। प्राप्त जानकारी अनुसार पुलिसले गोप्य सूचनाको आधारमा कुटियाजोतमा अभियान चलाएर 34 ग्राम ब्राउन सुगर सहित उक्त युवकलाई पक्राउ गरिएको हो। पक्रा पर्ने युवक विरूद्ध पुलिसले नक्सलबारी थानामा एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरेर आज तिनलाई सिलगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *