ब्राउन सुगर सहित 2 जना पक्राउ

सिलगढी : स्पेशल अपरेशन ग्रुप (एसओजी)-ले भाडाको घरमा मादक पदार्थको व्यवसाय चलाइरहेको आरोपमा 2 जना व्यक्तिलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा  श्रीजन उराव र रवीन्द्र राय सामेल छन्। गोप्य सूचनाको आधारमा एसओजी-ले गत राति सिलगढी थाना पुलिसलाई साथमा लिएर फुलेश्वरी बजारस्थित एउटा घरमा अभियान चलाएर 170 ग्राम ब्राउन सुगर उद्धार गर्नको साथै 2 जना व्यक्तिलाई पक्राउ गरेको छ। जफत गरेको ब्राउन सुगरको बजार मूल्य लाखौँ रुपियाँ रहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *