ब्राउन सुगर सहित 3 जना तस्कर पक्राउ

खोरीबारी : ब्राउन सुगर सहित 3 जना तस्करलाई पक्राउ गरेपछि सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा मुर्शिदाबाद जिल्ला निवासी सुदीप्त हलदार (35), सुमोत दास (20) र गौरव पोद्दार (34) सामेल छन्। प्राप्त जानकारी अनुसार खोरीबारी थाना पुलिसले गोप्य सूचनाको आधारमा खोरीबारी ब्लकको भारत-नेपाल सिमानाको पानीट्याङ्की गौडसिंह जोतमा अभियान चलाएर एउटा वाहनबाट 250 ग्राम ब्राउन सुगर उद्धार गरेको छ भने यसको अनुमानित बजार मूल्य 5 लाख रुपियाँ रहेको बताइएको छ। घटनामा अन्य कोही संलग्न रहेको हुनसक्ने भन्ने विषयमा खोरीबारी थाना पुलिसले जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *